दफा १८
उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको गठन
(१) उद्योगको प्रवद्र्धन, स्थापना, लगानी अभिवृद्धि, संरक्षण र विस्तार गरी औद्योगिकीकरणको गतिलाई तीब्रता दिने उद्देश्यले सहजीकरण तथा समन्वय सहित आवश्यक नीतिगत निर्णय गर्न देहाय बमोजिमको एक उद्योग तथा लगानी प्रवद्र्धन बोर्ड गठन गरिएको छः–
(क) उद्योगमन्त्री वा राज्यमन्त्री–अध्यक्ष
(ख) उद्योग राज्यमन्त्री (उद्योगमन्त्रीले अध्यक्षता गरेको अवस्थामा)–सदस्य
(ग) उद्योग सहायकमन्त्री–सदस्य
(घ) सदस्य, राष्ट्रिय योजना आयोग (उद्योग क्षेत्र हेर्ने)–सदस्य
(ङ) गभर्नर, नेपाल राष्ट्र बैंक–सदस्य
(च) सचिव, उद्योग मन्त्रालय–सदस्य
(छ) सचिव, अर्थ मन्त्रालय–सदस्य
(ज) सचिव, श्रम तथा रोजगार मन्त्रालय–सदस्य
(झ) सचिव, वाणिज्य मन्त्रालय–सदस्य
(ञ) सचिव, कृषि विकास मन्त्रालय–सदस्य
(ट) सचिव, सूचना तथा सञ्चार मन्त्रालय–सदस्य
(ठ) सचिव, ऊर्जा मन्त्रालय–सदस्य
(ड) सचिव, वन तथा भू–संरक्षण मन्त्रालय–सदस्य
(ढ) सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय–सदस्य
(ण) प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड–सदस्य
(त) महानिर्देशक, घरेलु तथा साना उद्योग विभाग–सदस्य
(थ) सहसचिव, औद्योगिक प्रवद्र्धन महाशाखा, उद्योग मन्त्रालय–सदस्य
(द) अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ–सदस्य
(ध) अध्यक्ष, नेपाल उद्योग परिसंघ–सदस्य
(न) अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ–सदस्य
(प) अध्यक्ष, महिला उद्यमी महासंघ–सदस्य
(फ) उद्योग क्षेत्रका विज्ञहरुमध्येबाट कम्तीमा एक जना महिला उद्यमी सहित नेपाल सरकारबाट मनोनित दुई जना–सदस्य
(ब) महानिर्देशक, उद्योग विभाग–सदस्य–सचिव
(२) बोर्डले आवश्यक देखेमा विषयसँग सम्बन्धित नेपाल सरकारको कुनै सचिव वा कुनै अधिकृत कर्मचारी वा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई बोर्डको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(३) बोर्डको सचिवालय उद्योग विभागमा रहनेछ ।
(४) बोर्डको बैठक सम्बन्धी कार्यविधि बोर्डले निर्धारण गरे बमोजिम हुनेछ ।
(५) बोर्डले गरेका निर्णयहरु तथा सम्पादन गरेका कामहरुको विवरण मासिक रुपमा सचिवालयले बोर्डको अध्यक्ष समक्ष पेश गर्नु पर्नेछ ।